लकडाउन अवधिमा निजी विद्यालयले लिएको शुल्क फिर्ता गर्न माग « Khabarhub

लकडाउन अवधिमा निजी विद्यालयले लिएको शुल्क फिर्ता गर्न माग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच विद्यार्थी संगठनहरूले लकडाउन अवधिमा निजी विद्यालयले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरिनु पर्ने माग गरेका छन् । उनीहरूले शुल्क फिर्ता नभए निजी विद्यालयविरुद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

सोमबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले शुल्क फिर्ता नगरे निजी विद्यालय विरूद्ध आन्दोलनमा जाने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।

यस्तै, विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त प्रतिनिधिमण्डल जाने निर्णय भएको प्रवक्ता मैनालीले जानकारी दिए ।

शिक्षा मन्त्रीले आफ्नो पद र मर्यादालाई समेत ख्याल नगरी संविधान र कानूनलाई चुनौति दिनेखालका हर्कत गरेको ठहर गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेको छ ।

विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै सबै विद्यार्थी र शिक्षकलगायतलाई शीघ्र कोरोना विरूद्धको खोपको व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न पनि माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्वयु (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटनविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय पनि गरेको मैनालीले जानकारी दिए ।

त्यस्तै संगठनले संसद विघटनविरुद्ध काठमाडौँलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ४५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक