क्यानडाले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग « Khabarhub

क्यानडाले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।

काठमाडौँस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा. बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अपराह्न भएको सङ्क्षिप्त कार्यक्रममा २७ थान भेन्टिलेटर, १५ हजार ४८ थान मास्क, एक हजार ८९० थान पीपीईगायत सामग्री हस्तान्तरण भएको उक्त मन्त्रालयले आज जनाएको छ ।

कोभिड–१९को दोस्रो लहरको महामारीका बेला त्यसको नियन्त्रण, उपचार र रोकथामका लागि उदारतापूर्वक नेपाललाई समयमै सहायता सामग्री प्रदान गरेकामा मन्त्रालयले सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ४५ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा