आज विश्व हेपाटाइटिसविरुद्धको दिवस « Khabarhub

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस

हेपाटाइटिसको जोखिमलाई ध्यान दिन आह्वान


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस । ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित आज मनाइँदैछ ।

हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ ।

अरु मौसमभन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।

पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्कोमा सजिलै सर्ने गर्छ । हेपाटाइटिस ए र ई पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । जसलाई जन्डिस लागेको भनेर बुझ्ने गरिएको छ । त्यस्तै हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ लाई मौन महामारी मानिन्छ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई बढी सताउने गरेको विज्ञको भनाइ छ ।

धेरैलाई यो रोग लागेको थाहा नहुँने र अरुलाई समेत सार्ने गरेको पाइएको छ । दूषित पानी तथा खानेकुरा नखान, साबुन पानीले बेलाबेला राम्ररी हात धुन, असुरक्षित सुईको प्रयोग नगर्न र असुरक्षित यौन सम्पर्क नगर्न तथा हेपाटाइटिस विरुद्धको खोप लगाउन सरुवा रोग विशेषज्ञ डाक्टर सागरराज राजभण्डारीको सुझाव छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : १२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी