नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु | Khabarhub Khabarhub

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा- सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

गएराति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ ।

उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : २५ बजे

धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’

लताप– साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

रौतहट– चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेसनमा पठाउने

लस एन्जलस– अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले आगामी सोमबार

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री