संरक्षित वन्यजन्तु कछुवा बेच्दै गरेका तीन जना पक्राउ « Khabarhub

संरक्षित वन्यजन्तु कछुवा बेच्दै गरेका तीन जना पक्राउ


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संरक्षित वन्यजन्तु (कछुवा) बेच्न लागेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कछुवा बेच्न लाग्दै गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट तीन जनालाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका ३५ वर्षीय भुवन राई रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट जिउँदो कछुवा समेत बरामद गरेको छ। अहिले उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसारमा बुझाइएको एसपी महतोले बताए । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ५१ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले