गुल्मी जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत « Khabarhub

गुल्मी जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुल्मीमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा चन्द्रकोट गाउँपालिका–६ की विनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर विक, ८ का सुशील विक, ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका–२ की रमिला भण्डारी रहेका छन् ।

घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । घाइतेमध्ये पाल्पा लगिएका दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान चन्द्रकोट गाउँपालिका–४ अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नंको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका–४ अन्तर्गत इन्द्रेगौँडाको दोभान नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेकालाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । “जिल्ला प्रशासन कार्यालयमा कामका लागि बिहान रुपाकोटबाट जीपमा चढेर आउँदै थिए, त्यहाँ नजिकै आउँदै गर्दा सडक कुनामा थोरै पहिरो खसेको थियो । बाटो सजिलै थियो, अचानक कसरी दुर्घटना भयो थाहै भएन”, दुर्घटनाका घाइते गोकुल भण्डारीले बताए ।

दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी