मानिस डराउने भारत ५ रेल्वे स्टेशन « Khabarhub

मानिस डराउने भारत ५ रेल्वे स्टेशन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीन्यूज– नेपालमा रेल यात्रा अझ सहज छैन । भएका रेल स्टेशन र रेलमार्ग पनि सुचारु भएको छैन । तर छिमेकी मुलक भारतमा भने ७ हजार बढि रेल स्टेशन छन् भने । १३ हजार बढि रेल छ । ती रेलमा दैनिक २ करोड २० लाख मानिसले यात्रा गर्दछन् ।

भारतका रेल स्टेशन कुनै राम्रा, कुनै औसत अनि कुनै अत्यन्त डरलाग्दा छन् । ती स्टेशन जानु यात्रुको बाध्यता भए पनि केहिबेर त्यहा बिताउने बितिकै उनीहरु डराउँछन् । र साँझ नपर्दै ति स्टेशनमा कोहि भेटिदैन । भारतका यिनै डरलाग्दा रेल्वे स्टेशनका बारेमा जानौं ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा स्थित नैनी जक्शन रेल्वे स्टेशन डरलाग्दो स्टेशन मानिन्छ । नजिकै रहेको नैनी जेलमा कुनैबेला भारतको स्वतन्त्रताकालागि योगदान दिने स्वतन्त्रता सेनानीलाई यातना दिएर मारीएको थियो । सोहि कारणले त्यस रेल्वे स्टेशनमा उनीहरुको आत्मा घुमेको मानिन्छ । र त्यहा जान साँझमा प्राय कसैले आँट गर्दैनन् ।

महाराष्ट्रको राजधानी मुम्बईस्थित मुलुण्ड रेल्वे स्टेशनमा रातको समय चिच्याएको कराएको सुनिने त्यहा जाने यात्रुहरुको दाबा छ । साथै अबेर राती रोएको सुनिने उनिहरुको दाबा छ । मान्यता अनुसार त्यो आवाज रेल पटरीमा दुर्घटनामा परि मृत्यु हुनेहरुको हो ।

आन्ध्र प्रदेशको चित्तूर जिल्लामा स्थित चित्तूर रेल्वे स्टेशन मानिन्छ । स्टेशन आसपासमा बस्नेहरुका अनुसार सीआरपीएफका जवान हरी सिंह ट्रेनबाट उत्रिएको बेला आरपीएफ र टीटीई मिलेर उनलाई कुटेर मारेका थिए । त्यहि दिनबाट हरी सिंहको आत्मा न्यायकालागि त्यस रेल्वे स्टेशनमा घुम्छ । र मानिस डराउँछन् ।

हिमाञ्चल प्रदेशको सोलन जिल्लामा स्थित बडोग रेल्वे स्टेशन पनि डरलाग्दो स्टेशनका रुपमा चर्चित छ । कालका–शिमला रेल रूटमा पर्ने सानो रेल्वे स्टेशन बाहिर जति सुन्दर देखिन्छ त्यति नै डरलाग्दो पनि छ । यस स्टेशनको नजिकै रहेको बडोग सुरुङमा निर्माणकर्ता एक ब्रिटिश इञ्जीनियर कर्नल बडोगले आत्महत्या गरेका थिए । स्थानीयको मान्यता अनुसार अहिले त्यस स्टेशनमा उनको आत्मा घुम्दछ ।

पश्चिम बंगालको पुरुलिया जिल्लामास्थित बेगुनकोदर रेल्वे स्टेशनमा सेतो साडी लगाएको महिला हिन्ने भयका कारण मानिस अबेर साँझसम्म बस्दैनन् । स्टेशनमा देखिएको घटनाक्रमपछि यसलाई ४२ बर्ष बन्द गरीएको थियो तर सन् २००९ मा यसलाई खोलिएको थियो । तथापी यि सबै स्टेशनको भ्रमको कुनै प्रमाण भने अझै जुटेको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५० बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई