रोनाल्डोले छाडे युभेन्ट्स, अब म्यानचेस्टर युनाइटेडबाट खेल्ने « Khabarhub

रोनाल्डोले छाडे युभेन्ट्स, अब म्यानचेस्टर युनाइटेडबाट खेल्ने


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । अब उनी फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा देखिने छन् ।

युनाइटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन्,’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ ।

युनाइटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गरेको जनाइएको छ । रोनाल्डोले युनाइटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र इटालीबाट जितेका छन् ।

उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : २६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी