रक्तदान गर्न हरदम तयार लक्की, आमाकान्छी र कोपिला | Khabarhub Khabarhub

रक्तदान गर्न हरदम तयार लक्की, आमाकान्छी र कोपिला


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोभारस्थिति ‘स्नेहाज केयर’ मा हाल १७० वटा कुकुर छन् । त्यहाँ आश्रित हरेक कुकुरको आआफ्नै नाम छ र कहानी पनि । स्नेहाज केयरको केयर सेन्टर आश्रित ती कुकुर काठमाडौँलगायत विभिन्न जिल्लाबाट उद्धार गरेर ल्याइएका हुन् ।

स्नेहाज केयरकी सञ्चालिका स्नेहा श्रेष्ठलाई ती सबै कुकुरहरू विषेश लाग्छन् । विषेशमध्येबाट पनि छान्नुपर्‍यो भने उनी लक्की, आमाकान्छी र कोपिलाको नाम लिन्छिन् ।

लक्की, आमाकान्छी र कोपिला साँच्चै विषेश छन् । यी तीन वटाले रगत दान गरेर अरू कुकुरहरूलाई जीवन दान गरेका छन् । यी तीनवटाले हालसम्म २६ वटा कुकुरलाई रगत दान गरेर नयाँ जीवन दिएका छन् ।

स्नेहाका अनुसार यी तीन वटाले केयर सेन्टरभित्रका मात्र नभएर बाहिरका कुकुरलाई पनि रगत दान गरेका छन् । कुकुरका लागि रगत आवश्यक पर्‍यो भनेर कसैले स्नेहाज केयरमा फोन गर्‍यो यी कुकुर तयारी अवस्थामा हुन्छन् । क्लिनिकमा रगत निकाले अर्कोलाई चढाइन्छ ।

स्नेहा भन्छिन्, ‘मेरा लागि सबै कुकुर स्पेसल छन्, त्यसमा पनि यी तीन वटा झनै स्पेसल छन् ।’

स्नेहाले सडकमा छाडिएका कुकुरको उद्धार गर्न थालेको आठ वर्ष नाघेको छ । लक्की, आमाकान्छी र कोपिला केयर सेन्टरमा आएको पनि करिब पाँच वर्ष पूरा भएको छ ।

स्नेहाज केयरले आमाकान्छीलाई करिब पाँच वर्षअघि सिंहदरबार नजिकबाट उद्धार गरेको हो । उसले सडकमै बच्चा पाएपछि सिंहदबारमा काम गर्ने नेपाली सेनाका एक कर्मचारीले केयर सेन्टरलाई फोन गरेर जानकारी गराएका थिए । आठ वटा बच्चासहित आमाकान्छीको उद्धार गरिएको थियो ।

उद्धार गरिएका बच्चामध्ये एउटा मर्‍यो । अरू सात वटा बच्चा कुकुर पाल्न चाहनेहरूले लगे । आमाकान्छीले रगत दान गर्न थालेको चार वर्ष भयो । स्नेहाज केयरभित्रका र बाहिरका पनि कुनै कुकुरलाई रगत आवश्यक परेमा आमाकान्छीले दान गर्छे । आठ वटा बच्चासहित उद्धार गरिएकी हुँदा उसको नाम आमाकान्छी राखिएको स्नेहाले बताइन् ।

लक्की चाहिँ स्नेहाको छिमेकको कुकुर हो । छिमेकीले लक्कीलाई जतिबेला पनि बाँधेर राख्ने गरेका थिए । दिउँसो घरमा कोही पनि नभएका बेला लक्की पीडाले कराउँथी ।

बँधुवा र पीडित अवस्थाको लक्कीलाई देखेर स्नेहाको मन दुख्यो । एक दिन उनले उसलाई सुटुक्क आफ्नो केयर सेन्टरमा ल्याइन् । त्यहाँ ऊ फुकुवा भई । बन्धनबाट फुकुवा हुन पाउने भाग्यमानी भएकाले स्नेहाले उसको नाम लक्की राखिदिइन् ।

पछि स्नेहाज केयरको समाचार आउँदा मिडियाले लक्की र स्नेहाको फोटो राखिदिएछन् । अनिमात्रै छिमिकीले थाहा पाए । साङ्लोमा बाँधिएको कुकुर देख्दा स्नेहाको मन दुख्छ ।

बँधुवा कुकुर मुक्तिको चाहनाले र भोकले कराउँदा त उनी पीडा सहनै सक्दिनन् । यसैले त उनले छिमेकीले थाहै नपाई लक्कीलाई सुटुक्क केयर सेन्टरमा भित्र्याइन् ।

लक्कीले पनि रगत दान गर्न थालेको चार वर्ष भयो ।

कोपिला जातले जर्मन सेफर्ड हो । कोपिला लुतो लागेर शरीरभरि घाउ भएको अवस्थामा सडकमा भेटिएकी थिई । खासमा पाल्नकै लागि कसैले किनेको थियो । लुतो आएपछि उपचार गराउनुको साटो सडकमा छाडिदियो ।

पाँच वर्षअघि कुनै कुकुर प्रेमीले केयर सेन्टरमा ल्याएर छोडिदिएका थिए । ऊ आउँदा शरीर घाउले भरिएको थिए, रौँको नामनिशान थिएन ।

स्नेहाले उपचार गराइन्, निको घाउ निको भएपछि रौँ आउन थाल्यो र शरीर बाक्लो रौँले भरियो । रौँ उम्रिँदै जाँदा स्नेहाले फूलको कोपिलाजस्तो देखिन् अनि नाम राखिदिइन् कोपिला ।

केयर सेन्टरमा आउँदा ऊ करिब ६ महिना उमेरकी थिई ।

स्नेहाका अनुसार रगत दान गर्ने कुकुर निरोगी हुनुपर्छ । कुकुरलाई उपियाँ र किर्नाबाट बचाउनुपर्छ ।

हरेक मानिसको आआफ्नै रुचि हुन्छ, प्रेम र दयाको भाव हुन्छ । धनदौलतले सम्पन्न परिवारका घरभित्र कुकुर जति सम्मानित छ, घरबाहिर सडकमा त्यति नै अपहेलित छ । स्नेहाज केयर यिनै अपहेलितको संरक्षणमा समर्पित छ । स्नेहा कुकुरलाई प्रेम गर्छिन्, माया गर्छिन् र दया गर्छिन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : १० बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर