विक्की र साराको ‘द इमोर्टल अफ अश्वत्थामा’ लाई ३० करोड नोक्सान « Khabarhub

विक्की र साराको ‘द इमोर्टल अफ अश्वत्थामा’ लाई ३० करोड नोक्सान


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘द इमोर्टल अफ अश्वत्थामा’को काम हाललाई रोकिएको छ । लामो समयदेखि चर्चामा रहेको यो फिल्मका निर्माता रोनी स्क्रुवाला निर्माता थिए ।

यो फिल्मलाई अभिनेता विक्कीको करियरकै सबैभन्दा महंगो फिल्म मानिएको थियो । तर निर्माताले बजेट अभावको कारण देखाउँदै फिल्मका सम्पूर्ण कामलाई स्थगित गरेको छ । फिल्ममा विक्की एक सुपरहिरो अवतारमा देखिँदै थिए ।

फिल्मको निर्माण कार्य स्थगित भएपछि निर्मातालाई ३० करोड नोक्सान भएको छ । यो फिल्म बनाउनका लागि विगत दुई वर्षदेखि तयारी भइरहेको थियो । निर्देशक आदित्य धरले फिल्मका लागि लोकेसन हेरिसकेका थिए र उनी लगातार भीएफएक्स टिमसँग काम गरिरहेका थिए ।

‘रोनीले फिल्मको तयारीका लागि राम्रो रकम खर्च गरिसकेका छन् । तर हालमा जब उनले यसको पूरा बजेट जोडे, त्यसपछि मात्र यति धेरै खर्च भएको थाहा पाए । कोभिडका कारण फिल्मले थिएटरमा व्यापार गर्न पाएको छैन । यस्तो अवस्थामा रोनीले जोखिम लिन चाहेनन् । उनी ३० करोड घाटा व्यहोर्न तयार छन् । तर फिल्मको प्रोडक्सनको काम सुरु गरेर अन्य थप रकम खर्चन तयार छैनन्,’ फिल्म निकट स्रोतले भन्यो ।

निर्माताले निर्देशक तथा कलाकारलाई आफूले दोस्रो प्रोजेक्ट सुरु गर्न सक्ने जानकारी दिइसकेका छन् । कोभिड सकिएपछि रोनीले ‘द इमोर्टल अफ अश्वत्थामा’लाई सुरुवात गर्छन् या गर्दैनन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ४८ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी