माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड | Khabarhub Khabarhub

माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगितमनको खतरा अझै पनि रहेको बताएका छन् । उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताएका छन् । शनिवार वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले प्रतिगमन पराजित भयो भनेर लड्डु खाएको तर त्यो लड्डुको स्वाद जान नपाउँदै घनले ड्याम्म हानिएको बताए ।

पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

शनिबार सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रचण्डले आक्रोश पोखे । उनले ओली प्रवृति भने ठग प्रवृत्ति भएको बताए । उनले ओलीको चाला ठग्ने रहेको आफूहरुले थाहा नै नपाउँदा तमसुक हेरेर बस्नुपरेको बताए । उनले भने, ‘हामी त जे गर्ने भन्यो त्यो गर्ने हौं, उहाँ त जे गर्छु भन्ने त्यो नगर्ने ठग प्रवृतिको हुनुहुँदो रहेछ । तमसुकमा सही गरियो, त्यहि हेरेर बसियो ।’ आफू तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पद् पड्काएको बताए ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताएका छन् । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् । अहिलेको गठबन्धनका नेताहरुले आफूलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर प्रश्न गरेको भन्दै आफूले ज्ञान पाएँ भनेर जवाफ दिने गरेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : २४ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते