रिबनको वार्षिकोत्सवमा विविध सम्मान « Khabarhub

रिबनको वार्षिकोत्सवमा विविध सम्मान


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिबन इन्टरटेनमेन्टले स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर नेपाली फिल्म, संगीत र पत्रकारिताको क्षेत्रबाट राष्ट्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई शनिबार सम्मान गरेको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अभिनेता धिरेन शाक्य, रंग पत्रकार जीवन पराजुली, म्यूजिक भिडियो निर्देशक विधान कार्की, गीतकार दयाराम पाण्डे, संगीतकारहरु अर्जुन पोखरेल, दीपक शर्मालाई सम्मान गरे ।

त्यस्तै फिल्म निर्देशकहरु सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, समाजसेवी अनुप के बराल, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बु, कलाकारहरु प्रेम पाण्डे, प्रदीप बास्तोला, साक्षी लम्साल, गायिका सरिता भारती, रंग संयोजक रेनिश फागो, कोरियोग्राफर रामजी लामिछाने, सम्पादकहरु भुपेन्द्र अधिकारी, शाहिल खान, छायांकार सौरभ लामालगायतलाई सम्मान गरिएको हो ।

प्रथम उपराष्ट्रपति झाले कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथि रहेको बताए । संस्थाका अध्यक्ष निशु झाले सम्मानित व्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५० बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको