रिबनको वार्षिकोत्सवमा विविध सम्मान « Khabarhub

रिबनको वार्षिकोत्सवमा विविध सम्मान


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिबन इन्टरटेनमेन्टले स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर नेपाली फिल्म, संगीत र पत्रकारिताको क्षेत्रबाट राष्ट्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई शनिबार सम्मान गरेको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अभिनेता धिरेन शाक्य, रंग पत्रकार जीवन पराजुली, म्यूजिक भिडियो निर्देशक विधान कार्की, गीतकार दयाराम पाण्डे, संगीतकारहरु अर्जुन पोखरेल, दीपक शर्मालाई सम्मान गरे ।

त्यस्तै फिल्म निर्देशकहरु सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, समाजसेवी अनुप के बराल, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बु, कलाकारहरु प्रेम पाण्डे, प्रदीप बास्तोला, साक्षी लम्साल, गायिका सरिता भारती, रंग संयोजक रेनिश फागो, कोरियोग्राफर रामजी लामिछाने, सम्पादकहरु भुपेन्द्र अधिकारी, शाहिल खान, छायांकार सौरभ लामालगायतलाई सम्मान गरिएको हो ।

प्रथम उपराष्ट्रपति झाले कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथि रहेको बताए । संस्थाका अध्यक्ष निशु झाले सम्मानित व्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५० बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच