८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा « Khabarhub

८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान हुनु भएको छ।’ उनीहरुलाई उद्धार गरेर कहाँ पुर्याइयो भन्ने विषयमा भने परराष्ट्रले केही खुलाएको छैन ।

मंगलबार परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल नजिकै ४२ जना नेपालीलाई उद्धारका लागि राखिएको जनाएको थियो । विहीबार काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाति बम विस्फोट भएपछि उनीहरुको उद्धारमा समस्या भएको थियो । काबुल आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको छ । नेपालीहरु पनि उद्धारका लागि विमानस्थल नजिकै रहेका बेला सो आत्मघाति आक्रमण भएको थियो ।

परराष्ट्र मन्त्रालयले काबुलमै थप ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेको जनाएको छ । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ । उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

यसैबीच शनिबार काबुल विमानस्थलमा गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलको मुख्य गेटमा गोली चलेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : १५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको