पहिरोमा पुरिएका ३ जनाको शव भेटियो « Khabarhub

पहिरोमा पुरिएका ३ जनाको शव भेटियो


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी पूर्व हुप्सेकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । बुधबारदेखिको अविरल वर्षापछि विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा ४० बर्षीया धनमाया पुलामी, नातिनीहरु ६ वर्षकी देउमाया र ७ वर्षिया भूमीसरा पुलामी रहेका छन् ।

बुधवार रातिदेखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँ रुम्सीको चारघरेमा बिहीवार राति तीन जना बेपत्ता भएका थिए ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शुक्रवार दिनभरको खोजतलास गर्दा फेला पार्न नसकेपछि शनिबार बिहानबाट पुनः खोजतलास गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : २० बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर