‘जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध’ « Khabarhub

‘जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध’


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिराटनगर- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक शनिबार शिलान्यास गर्दै उनले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले भने, “ जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र सरकारको विश्वास गर्दैनन् ।” । अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उनले विश्वास व्यक्त गरे ।

आगामी १५ महिनाभित्र निर्माण सम्पन्न हुने गरी रु ३० करोड लागतमा ठेक्का पाएको सहरी विकास भवन निर्माण सङ्घीय कार्यान्वयन एकाइ कार्यालय विराटनगरका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर