गण्डकीमा ४५६ जना संक्रमण मुक्त « Khabarhub

गण्डकीमा ४५६ जना संक्रमण मुक्त


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा सो अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । मृत्यु हुनेमा नवलपरासीपूर्वका पाँच, कास्कीका चार र स्याङ्जाका एक जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २८४ जना पुगेको छ ।

निर्देशनालयका अनुसार पदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या तीन हजार ६९८ छ भने होम आइसोलेशनमा तीन हजार १८३ जना रहेका छन् । प्रदेशमा हालसम्म कूल तीन लाख छ हजार ५०४ जनाको कोरोना परीक्षण गरिएकामा ८० हजार ८७८ जना सङ्क्रमित फेला परेको र ७५ हजार ८९६ जना निको भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : १० बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर