धुलिखेल नगरपालिका स्थानीय स्काउटका पदाधिकारीको दीक्षान्त « Khabarhub

धुलिखेल नगरपालिका स्थानीय स्काउटका पदाधिकारीको दीक्षान्त


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेको धुलिखेल नगरपालिका स्थानीय स्काउटका संरक्षक, प्रमुख स्काउट र सदस्य सचिवको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्मपन्न भएकोछ । पालिकाका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

समारोहमा आफ्नो मन्तव्य राख्दै धुलिखेल नगरपालिका स्थानीय स्काउटका संरक्षक, तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार (ब्यांजु) श्रेष्ठले धुलिखेल नगर स्काउटलाई नेपाल भरिकै नमुना नगर स्काउट बनाउन कुनै कसर बाँकी नाराख्ने बताए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्थानीय सरकारको प्रतक्ष्य संग्लग्नतामा विश्व स्काउटको भिजन २०२३ को लक्ष्य पूरा गर्न नेपाल स्काउटले उल्लेखनीय भूमिका खेल्ने बताए । कार्यक्रममा धुलिखेल नगरपालिका स्थानीय स्काउटका प्रमुख स्काउट, नेपाल स्काउटका निर्देशक, बागमती प्रदेशका संयोजक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : २५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर