बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो « Khabarhub

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिरोले क्षति गरेको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । शुक्रबार राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिरोले घरमा क्षति पुगेको छ ।

पहिरोले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताए ।

यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पुगरेको छ । गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सडक अवरुद्ध

लगातारको अविरल वर्षाका कारण आएको पहिराले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ । जयपृथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिराले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साइपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् । अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकमा पहिरो आउँदा अवरुद्ध बनेका छन् ।

शुक्रबार रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गअन्तर्गत नारुगौडा खोलामा आएको बाढीले गर्दा शनिबार दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको छ । यस्तै बुङ्गल–४ झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामीण सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । गए रातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ४० बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका