श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला « Khabarhub

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् ।

खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलङ्काबाट भारतको चेन्नाइ, मुम्बइ, बेङ्लोरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ । श्रीलङ्कन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ ।

श्रीलङ्काबाट भारत जानेभन्दा पनि भारतबाट श्रीङ्का आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् । श्रीलङ्का आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर