अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार | Khabarhub Khabarhub

अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै छ हजार ८०० मानिस बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको सङ्ख्या एक लाख ११ हजार ९०० पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो । अफगानिस्तान छोड्न चाहनेको भीड विमानस्थलमा निरन्तर लागेपछि उनीहरुलाई रोक्न बिहीबार विमानस्थल नजिकै बम विस्फोटन गराइएको थियो । विस्फोटनमा परी १०० भन्दा बढीको मृत्यु भएको छ । तर पनि त्यहाँ जम्मा हुने क्रम र उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

बैंक बन्दको विरुद्धमा प्रदर्शन

राजनीतिक अवस्था परिवर्तनसँगै अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा रहेका बैंकहरु बन्द गरिएकोप्रति आपत्ति जनाउदै विरोध प्रदर्शन भएको छ । बैंकहरु बन्द हुदाँ आर्थिक कारोबार गर्न नपाएर आम उपभोक्ता मर्कामा परेको भन्दै शनिबार काबुलमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी हजारौँ प्रदर्शनकारीले बैंकबाट प्रदान गरिने सेवा तत्काल सुरु गर्न माग गरेका थिए । प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : १० बजे

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।