राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन « Khabarhub

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् ।

अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए ।

उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि आग्रह गरेका थिए ।

तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ ।

अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल बाँकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छन् ।

शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएको जनाएको छ ।

नयाँ व्यवस्थानुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् । केन्द्रीय राजधानी काबुलसहितका सहरहरूमा यस्तो लगाएका महिलाहरू धेरै देखिन थालेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति