महिलामाथि हिंसाको यो आश्चर्य ! | Khabarhub Khabarhub

महिलामाथि हिंसाको यो आश्चर्य !


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लन्डनको मूल सहर नजिकै पर्छ किडब्रोड, बसोबासको निम्ति असाध्य राम्रो प्राकृतिक वातावरण छ । छिमेकीहरू एक आपसमा मिलेर बसेका छन् । बसोबासको निम्ति राम्रो ठहरिएको यो स्थान अहिले आतङ्कित छ ।

त्यही शान्त बस्तीकी बसोबासी शिक्षिका २८ वर्षीया सविना नेसी स्थानीय पार्कमा मृत फेला परिन् । यो घटनाले प्रत्येकको मनमा चिन्ता बढाएको छ । हामीमध्ये जोकोहीलाई यस्तै त हुने होइन ! हामी सबै असुरक्षित रहेका छैनौँ ! धेरैलाई यस्तो महसुस भएको छ ।

दुई वर्षदेखि लन्डनको सोही स्थानमा बसेकी एलिया इसेभाका अनुसार प्रहरीले सविना आफ्ना बाबुसँग छुट्टिएर आफ्नो साथीसँग हिँडेर १० मिनेटसम्ममा पुगिने स्थानीय पबतर्फ गएको जनाएको छ ।

एलिया आफू सुरक्षित हुने र सबै वातावरण राम्रो देखेर बसोबासका लागि श्रीमानसहित किडब्रोड आएकी हुन् । लन्डनको मुख्य सहरबाट रेलमा २० मिनेट भन्दा कम समयमा पुगिने उक्त ठाउँमा राम्रो सामुदायिक वातावरण छ र असल छिमेकीहरू छन् भन्ने थाहा पाएर त्यहाँ बस्न गएकी हुन् । उनले त्यस ठाउँको शान्त र सुन्दर वातावरणमा थुप्रै लगानी गरेकी छिन् र लाभ पनि लिएकी छिन् ।

एलिया र अर्की अर्धबैँसे महिला सुयडा किफ्टी ती शिक्षिकाको लास फेला परेको पार्कमा साताको एक पटक घुम्न जाने गरेका थिए । किफ्टीले प्रशस्त पार्क र पारिवारिक वातावरण भएका कारण उक्त ठाउँ राजेकी थिइन् ।

सविनाको हत्या भएपछि त्यहाँको समुदाय शोकमग्न भयो । सविनाको संस्मरणमा पुष्पगुच्छा चढाउने, मैनबत्ती बाल्ने र शोक पुस्तिकामा केही लेख्नेको घुइँचो लाग्यो ।

सविनाकी दिदी जेबिना एस्मिन इस्लाम घटनालाई एउटा नराम्रो सपनाजस्तो सम्झेएर बाहिर निस्कन लागि जति प्रयास गरे पनि नसकेको र बहिनीको सम्झनाले बारम्बार सताएको बताउँछिन् । उनले भनिन्, ‘मेरा आमाबाबुले छोरी गुमाएका छन्, मैले बहिनी गुमाएकी छु र मेरा बच्चाले आफूलाई माया गर्ने अन्टी गुमाएका छन् ।’

सविनाको हत्यासँगै महिला र बालिकामाथि अझै पनि हिंसा जारी रहेको अन्दै आक्रोश थपिएको छ । कम्युनिटी सेन्टर नजिकै रहेको पार्कमा लास फेला पर्‍यो । सविनाको हत्या कोबाट किन भयो भन्ने पत्ता नलगाएसम्म स्थानीयवासीको आक्रोश कम हुने छाँटकाँट देखिएको छैन ।

सडकमा आन्दोलन गर्ने तथा विद्रोहको आवाज उठाउने गरेका जेमी किङलर महिलाहरू माथि भएको हिंसाको यो एउटा प्रतिनिधि घटना हो भन्छन् । यो साँच्चै निराशाजनक भएको उनको टिप्पणी छ ।

गत मेमा सराह एभार्डको हत्या भएपछि एउटा विद्रोही समूह गठन भएको थियो । साथीको घरबाट निस्केर घरतर्फ लागेकी सराहाको पनि लास फेला परेको थियो र प्रहरीले हत्या नै भएको जनाएको थियो ।

किङलर ६ महिनाअघि र ६ महिनापछि त्यहाँको अवस्था उस्तै रहेको कुरा सविनाको हत्याले पुष्टि गरेको बताउँछन् । सराहको हत्या भएको ६ महिनामा नेसीको हत्या भएपछि प्रहरीका मुख्य प्राथमिकतामा महिला हिंसा र हत्याका विषय नरहेको आरोप किङ्लरको छ । यो गम्भीर समस्या भए पनि भोग्ने व्यक्तिबाहेक अन्यले चासो नदिएका कारण पनि यस किसिमका घटनाले निरन्तरता पाएको उनको भनाइ छ ।

सुरक्षा सम्बन्धी एप वाकसेफबाट पत्ता लागेको तथ्याङ्कअनुसार सविना मारिएको पार्कको साढे एक किलोमिटर अर्धव्यासको क्षेत्रमा गत जुनयता मात्र हिंसा तथा यौन अपराधका ११२ घटना भए । किङ्लरका अनुसार सविनाको हत्यापछि स्थानीयवासीले एक्लै नहिँड्न तथा किशोरीहरू अभिभावकका साथमा मात्र हिँड्न आग्रह गरेका छन् । अझै पनि प्रशासन गम्भीर नभएको स्थानीयवासीको आरोप छ ।

त्यहाँका सांसद क्लिभ एभोर्डका अनुसार बेलायतको तथ्याङ्क डरलाग्दो छ । गत मे महिनायता बेलायतमा हिंसाका कारण ७८ जनाको ज्यान गएको छ । उनी यो समस्या समाधानका लागि सांस्कृतिक जागरण अभियान चलाउन आवश्यक भएको बताउँछन् । हिंसाको सुरुवात कफी पिउँदा भनिने अश्लील जोकजस्ता कुराबाट सुरु हुने र यसको नियन्त्रणका लागि सार्वजनिक स्थानको मर्यादा कायम गर्नुपर्नेमा क्लिभको जोड छ ।

गत जुलाइमा महिला हिंसा कम गर्न बेलायत सरकारले एउटा योजना बनाएको थियो तर त्यसले गति लिनसकेको छैन । हिंसापीडित महिलाका लागि सहयोग गर्दै आएको संस्था रेफ्युजीले त्यहाँको वातावरण सुधार गर्न सरकारले पहल नगरेको आरोप लगाएको छ ।

सविना बस्ने ठाउमै १५ वर्षदेखि बसोबास गर्दै आएकी मानुयला कोलम्बिनी अहिले शोकसन्तप्त परिवारलाई साथ चाहिएको हुनाले सहानुभूतिका लागि र ‘हामी सबै साथ छौँ’ भन्ने प्रत्याभूति गराउन त्यहाँ जाने गरेकी छिन् । उनका दुई छोरी पनि ठूला भइसकेका छन् र उनी चिन्तित छिन् । छोरीहरू कुकुर लिएर घुम्न निस्कने गरेका भए पनि अब समूहमा त्यहाँ जान छोरीहरूलाई भनेकी छिन् । उनी छोरीहरूलाई आफूभन्दा थोरै पनि टाढा राख्न चाहन्नन् ।

गत शुक्रबार शोकसभामा पुगेका धेरै जना सविनालाई व्यक्तिगत रूपमा चिन्दैनन् तर उनीहरू परिवारमा परेको चोट महसुस गर्छन् । यसकारण सहानुभूति प्रकट गर्न त्यहाँ गए ।

महिला हिंसाको घटना संसारकै समस्या हो । गत वर्ष महिला हिंसासम्बन्धी एक तथ्याङ्क सार्वजनिक भएको थियो । प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनमा कम्तीमा एक पटक शारीरिक या यौन हिंसाको सामना गरेका छन् । संसारमा हत्या भएको महिलामध्ये ३८ प्रतिशत पुरुष साथीबाट मारिएका छन् ।

प्रत्येक वर्ष संसारमा एक करोड ५० लाख भन्दा धेरै छोरीहरूको १८ वर्षभन्दा कम उमेरमा बिहे हुने गरेको छ, यो संख्या प्रतिमिनेटमा कम्तीमा २८ जना हुन्छ । चारमध्येका एक बालिकाले आफूलाई विद्यालयको शौचालयमा असुरक्षित अनुभव गरेका छन् ।

प्रत्येक चारमध्ये एक महिलाले गर्भावस्थामा शारीरिक वा यौन हिंसा भोगेका छन् । हरेक वर्ष संसारमा १५ करोड महिला आफ्नै परिवारभित्रबाट यौन हिंसाको सिकार हुने गरेका छन् । बालविवाह ७० करोडभन्दा बढी महिला अहिले जीवित छन् । हरेक वर्ष ५ हजार जनाभन्दा बढी प्रतिष्ठित व्यक्तिहरू यस्ता घटनामा संलग्न हुने गरेका छन् ।

संसारका ३० प्रतिशतभन्दा बढी महिलाले पहिलो पटक शारीरिक सम्पर्क जबर्जस्ती भएको बताएका छन् । सन् २०१५ मा प्रकाशित एउटा तथ्याङ्क त अझ डरलाग्दो थियो । एचआइभी संक्रमित युवामध्येका ५८ प्रतिशत टिनएजर बालिका थिए । यौन हिंसाको कारण बालिकाहरू आफूलाई एचआइभी संक्रमणबाट जोगाउन असमर्थ भएको पाइएको छ ।

घरेलु हिंसाबाट संसारका ३८ प्रतिशत महिला प्रताडित छन् । संसारमा प्रत्येक दिन १३७ महिला आफ्नै साथी वा परिवारका सदस्यबाट मारिने गर्छन् ।

बेलायतमा सन् २०२० मार्चमा एउटा रिपोर्ट सार्वजनिक भएको थियो । उक्त रिपोर्टअनुसार २०१७ को मार्चदेखि २०२० को मार्चसम्म १६ देखि ७४ वर्षसम्ममा १६ लाख महिला यौन हिंसाको सिकार भए ।

यसमा पनि ४९ प्रतिशत एक पटकभन्दा बढी त्यस्तो हिंसाको सिकार भए । नौ प्रतिशत महिला सडक, पार्क या त्यस्तै कुनै सार्वजनिक स्थानमा यौन हिंसको सिकार हुने गर्छन्, ३७ प्रतिशत आफ्नै घरमा त्यस्तो समस्या भोग्छन् ।

यौन हिंसा, हत्या र घरेलु हिंसा संसारकै डरलाग्दो समस्या हो । अझ, संसारका धेरैका लागि सपनाको देश मानिने बेलायतको यस्तो तथ्याङ्क आश्चर्यजनक छ । –एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ५९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार