लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा « Khabarhub

लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक- इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ ।

वडा कार्यालयले सोमबार औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषारूपमा राखिने उनले बताए ।

लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।

सो घोषणा कार्यक्रममा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहाल, माङसेबुङ इलाम वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, चुलाचुली शिक्षा प्रमुख राममिश्र, वडा नं २ का अध्यक्ष रणबहादुर लिम्बू, श्रीजङ्घा लिपिका भाषाविद् तथा साहित्यकार ज्ञानोदय लावतीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : १० बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।