डेङ्गुका बिरामी घट्दै « Khabarhub

डेङ्गुका बिरामी घट्दै


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ ।

कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामीको सङ्ख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौँडालगायत मकवानपुरमा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०७६–०७७ तीन हजार ३८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कातिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको सङ्ख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा साउनमा एक महिला र दुई पुरुष, भदौ महिनामा एक महिला र तीन पुरुष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरुषमा डेङुगुरोग फेला परेको थियो ।

डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ् । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्नेलगायत लक्षणहरु यसमा देखिन्छन् ।

डेङ्गु विरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : २३ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल