शीर्ष स्थानमा रहँदै आर्मी क्लब भलिबलको क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

शीर्ष स्थानमा रहँदै आर्मी क्लब भलिबलको क्वार्टरफाइनलमा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

आर्मीले नयाँ बजारमाथि २५–२२,२५–१७ र २५–१४ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।

भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको गण्डकीले सुरुवाती दुई सेट २६–२४ र ३६–३४ ले जितेको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको मणिमुकुन्दले त्यसपछिको दुई सेट २५–१८ र २७–२५ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।

पाँचौ सेटमा गण्डकीले मणिमुकुन्दलाई १५–१३ को सेटमा पराजित गर्‍यो। यस जितसँगै समूह ’बी’ को गण्डकीले २ खेलमा ५ अंक जोडेको छ । गण्डकी क्वार्टरफाइनलमा समेत पुगेको छ । त्यस्तै दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।

अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो ।

त्यस्तै मंगलबार सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागिय टोली एपीएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो ।

एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ०७ बजे

प्रधानमन्त्रीसँग बंगलादेशका वातावरणमन्त्रीको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बंगलादेशका वातावरण, वन तथा

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान

काठमाडौं– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष संयोजक टोर

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा 

काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका