शीर्ष स्थानमा रहँदै आर्मी क्लब भलिबलको क्वार्टरफाइनलमा « Khabarhub

शीर्ष स्थानमा रहँदै आर्मी क्लब भलिबलको क्वार्टरफाइनलमा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

आर्मीले नयाँ बजारमाथि २५–२२,२५–१७ र २५–१४ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो ।

भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको गण्डकीले सुरुवाती दुई सेट २६–२४ र ३६–३४ ले जितेको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको मणिमुकुन्दले त्यसपछिको दुई सेट २५–१८ र २७–२५ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।

पाँचौ सेटमा गण्डकीले मणिमुकुन्दलाई १५–१३ को सेटमा पराजित गर्‍यो। यस जितसँगै समूह ’बी’ को गण्डकीले २ खेलमा ५ अंक जोडेको छ । गण्डकी क्वार्टरफाइनलमा समेत पुगेको छ । त्यस्तै दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।

अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो ।

त्यस्तै मंगलबार सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागिय टोली एपीएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो ।

एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ०७ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ