नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी काठमाडौँमा « Khabarhub

नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी काठमाडौँमा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् ।

भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ ।

अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारीले काठमाडौँको भ्रमण गरेका हुन् । श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने छन् ।

दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो । तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएका थिए । यो विषयमा नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ३२ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ