आईसीसी टी-ट्वान्टी विश्वकपमा नामिबियाको पहिलो जित « Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकपमा नामिबियाको पहिलो जित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नामिबियाले आईसीसी टी ट्वान्टी विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।

बुधबार सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबिया जितमा जेजे स्मित सर्वाधिक ३२ रनमा अविजित रहे । ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए ।

त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए ।

नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए ।

नामिबिया सुपर–१२ को समूह २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : ५० बजे

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक