प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ ।

संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गर्नेछन्।

संसद्‌को यो नवौं अधिवेशन हो। गठबन्धनको सरकार गठन भए यता संसद्‌ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ३५ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।