सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना | Khabarhub Khabarhub

सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भलै कटरीना कैफले अभिनेता विक्की कौशलसँगको विवाहको खबरमा बिराम लगाएकी छन् । तर समाचारहरुलाई आधार मान्ने हो भने यो उनीहरुको केवल रणनीति मात्र हो । उनीहरु आफ्नो विवाहमा फ्यानको भीड नलागोस् भन्ने चाहन्छन् ।

उनीहरु यही डिसेम्बरमा राजस्थानमा राजसी ठाँटका साथ विवाह गर्दैछन् । यो जोडी सवाई माधेपुरको ७ सय वर्ष पुरानो एक किल्लामा विवाह गर्ने सुरसारमा छन् । जसको नाम सिक्स सेन्स फोर्ट बरवाडा हो ।

मूल रुपमा राजस्थानी शाही परिवारको सिक्स सेन्स फोर्ट बडवारामा दुई महल र चारढोका भित्र दुई मन्दिर छन् । ५ दशमलब ५ एकडको यो महल ६ मिटर उचाईको एक ठूलो चट्टानमा घेरिएको छ ।

फोर्टमा ४८ गेस्ट सुइट छ । इस्ट विंग सुइडबाट ग्रामीण इलाका देख्न सकिन्छ र वेस्ट विंग सुइटबाट बरवाडा गाउँ देखिन्छ ।

इटाइम्सका अनुसार विक्की र कटरीनाको विवाह यही हुँदैछ । यो फोर्ट रणथंभौर नेशनल पार्कबाट ३० मिनेटको दुरीमा अवस्थित सवाई माधेपुरमा छ ।

यो फोर्ट १४ औं शताब्दीको किल्ला हो । जसलाई सिक्स सेन्स सेञ्चुरी र वेलनेस स्पामा परिवर्तन गरिएको छ । पुननिर्माण पछि यसको उद्घाटन अक्टोबरमा भएको हो ।

कटरीनाको वैवाहिक पहिरन सब्यसाँचीले तयार परिरहेकी छन् । विक्कीका पिता शाम कौशलले आफूलाई बधाई दिइरहेका व्यक्तिहरुसँग कुनै प्रतिक्रिया जनाएका छन् । कटरीनाको नजिकका मान्छेहरु पनि केवल छानिएका फोन मात्र रिसिभ गरिरहेका छन् ।

यो जोडीको विवाह ७ देखि डिसेम्बर ११ को बीच हुँदैछ । किनकी रिसोर्टको वेबसाइटमा यो पाँच दिनका लागि अनलाइन बुकिङ बन्द गरिएको देखाइएको छ ।

यो लग्जरी रिसोर्टमा फोर्ट सूइट र अरवाली सुइट छन् । जहाँ ३ व्यक्तिलाई एक रात बसेको मूल्य ६५ हजार देखि १ लाख २२ हजारसम्म छ । पाहुनाका लागि निःशुल्क खाना र वाइफाइ सुविधा दिइएको छ ।

चौथ माता मन्दिरका अलावा यो सहरमा गुर्जरोको एक आराध्य भगवान श्री देवनारायण तथा मीन भगवानको भव्य मन्दिर छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ५२ बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले