गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई « Khabarhub

गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन ।

यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले जानकारी दिए ।

पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कार यही कात्तिक १७ गते प्रदान गरिने सचिव पोखरेलले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : ३० बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क