निर्मातासँग नसुत्दा फिल्मबाट निकालिइन् इशा | Khabarhub Khabarhub

निर्मातासँग नसुत्दा फिल्मबाट निकालिइन् इशा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री इशा गुप्ताले आफ्नो अभिनय डेब्यू इमरान हासमीसँग फिल्म ‘जन्नत २’बाट गरेकी थिइन् । यसपछि उनी ‘राज घडी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पल्टन’ र ‘बादशाहों’ जस्ता फिल्ममा देखिइन् ।

लामो समयदेखि फिल्ममा सक्रिय इशाले बलिउड बबलसँगको कुराकानीमा फिल्म उद्योगसँग जोडिएको काला तथ्य खुलासा गरेकी छन् । उनले एक निर्माताले आफूसँग सुत्न नमानेको भन्दै फिल्मबाट निकालेको खुलासा गरेकी छन् ।

‘म ती दिनमा मेकअप आर्टिस्टको कोठा शेयर गरेर सुत्ने गर्थें । मैले ‘म डराइरहेकी र एक्लै सुत्न नसक्ने’ बहाना बनाएको थिएँ । तर म भूत भन्दा पनि एक व्यक्तिको कारण डराएको थिएँ । किनकी तपाईंलाई थाहा पनि थिएन कि उसले कतिबेला तपाईंलाई निकाल्छ,’ उनले भनेकी छन् ।

उनले एक निर्माताले आफूलाई नराम्रो व्यवहार देखाएको बताएकी छन् । ‘सुटिङको बीचमा निर्माता आएर मसँग काम नगर्ने भने । मैले चारदेखि पाँच दिनको सुटिङ पुरा गरिसकेको थिएँ । उसले मलाई आफूसँगै सुत्नुपर्ने प्रस्ताव राख्यो । यद्यपि निर्देशक मेरो समर्थनमा आउनुभयो र निर्माताको प्रस्तावलाई अस्वीकार गर्न भन्नुभयो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ५३ बजे

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले

एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३