उदयपुरको पोखरियामा पुग्यो बिजुली « Khabarhub

उदयपुरको पोखरियामा पुग्यो बिजुली


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेपछि स्थानीयवासीले खुशीयाली मनाएका छन् ।

राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पोखरियामा पहिलो पटक बिजुली पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभिान्वित भएका छन् ।

स्थानीय रामबहादुर खत्रीले बिजुली पुगेपछि गाउँलेले भेला भएर नाचगान गरेर खुशीयाली मनाएको बताए । प्रदेश नं १ का प्रदेशसभा सदस्य कलाकुमारी घले र कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्तरूपमा पोखरीमा बिजुलीको स्वीच थिचेर उद्घाटन गरे ।

विद्युत् प्राधिकरण कटारीका प्रमुख लक्ष्मण साहका अनुसार प्राधिकरण र कटारी नगरपालिकाको रु ८५ लाखको लागतमा पोखरियामा बिजुली पुगेको हो । लामो समयदेखि सो क्षेत्रका बासिन्दाले बिजुली नहुँदा समस्या झेल्दै आएका थिए । घर घरमा मिटर जडान गर्ने कार्य धमाधम सुरु गरेको साहले बताए ।

स्थानीय दलबहादुर कार्की भन्छन्, “टुकी बत्ती बालेर रात बिताउनुपर्ने बाध्यता थियो । अब त्यसको अन्त्य भएको छ ।” गाउँमा बिजुली बत्ती बलेपछि गाउँलेले टेलिभिजन किन्न थालेका छन् । मोबाइल चार्ज गर्नसमेत सहज भएको कार्कीले बताए ।

कटारी नगरपालिका–२ कालीखोला, त्रिवेणी र ग्रास हुँदै पोखरियामा बिद्युत प्रसारण लाइन विस्तार गरिएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ३ : २० बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट