उदयपुरको पोखरियामा पुग्यो बिजुली | Khabarhub Khabarhub

उदयपुरको पोखरियामा पुग्यो बिजुली


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेपछि स्थानीयवासीले खुशीयाली मनाएका छन् ।

राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पोखरियामा पहिलो पटक बिजुली पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभिान्वित भएका छन् ।

स्थानीय रामबहादुर खत्रीले बिजुली पुगेपछि गाउँलेले भेला भएर नाचगान गरेर खुशीयाली मनाएको बताए । प्रदेश नं १ का प्रदेशसभा सदस्य कलाकुमारी घले र कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्तरूपमा पोखरीमा बिजुलीको स्वीच थिचेर उद्घाटन गरे ।

विद्युत् प्राधिकरण कटारीका प्रमुख लक्ष्मण साहका अनुसार प्राधिकरण र कटारी नगरपालिकाको रु ८५ लाखको लागतमा पोखरियामा बिजुली पुगेको हो । लामो समयदेखि सो क्षेत्रका बासिन्दाले बिजुली नहुँदा समस्या झेल्दै आएका थिए । घर घरमा मिटर जडान गर्ने कार्य धमाधम सुरु गरेको साहले बताए ।

स्थानीय दलबहादुर कार्की भन्छन्, “टुकी बत्ती बालेर रात बिताउनुपर्ने बाध्यता थियो । अब त्यसको अन्त्य भएको छ ।” गाउँमा बिजुली बत्ती बलेपछि गाउँलेले टेलिभिजन किन्न थालेका छन् । मोबाइल चार्ज गर्नसमेत सहज भएको कार्कीले बताए ।

कटारी नगरपालिका–२ कालीखोला, त्रिवेणी र ग्रास हुँदै पोखरियामा बिद्युत प्रसारण लाइन विस्तार गरिएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ३ : २० बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी