शिक्षा मन्त्री पौडेल र स्वीजरल्याण्डका राजदूतबीचको भेटमा प्राविधिक शिक्षा विकास बारे छलफल « Khabarhub

शिक्षा मन्त्री पौडेल र स्वीजरल्याण्डका राजदूतबीचको भेटमा प्राविधिक शिक्षा विकास बारे छलफल


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यावसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीजरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएको बताए ।

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका थिए ।

उनले भने, ‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं ।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायीक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यावासायीक शिक्षामा छन्,’ उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन् त्यही अनुसार शिक्षा मन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

स्वीजरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ३ : ३४ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको