जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ « Khabarhub

जाली नोट र जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित पक्राउ


११ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गौशाला नगरपालिका ५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका ९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय जाली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो।

उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ, विभिन्न दरको नोट गरी ५ हजार ७० नेपाली सक्कली रुपैयाँ, विभिन्न दरका नोट गरी २६ सक्कली भारतीय रुपैयाँ, १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मागान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ४२ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित