एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा « Khabarhub

एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा मन्त्रिपरिषदमा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका उनीबाहेक सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् । १९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् ।

दशैं विदामा घर गएका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य न्यायाधीशहरुको विद्रोहमा आफ्नो पनि समर्थन रहेको जनाएपछि सर्वोच्चमा अब प्रधानन्यायाधीश राणा एकतिर र अरु सबै १९ जना न्यायाधीश एकातिर भएका छन् ।

राणाले राजीनामा दिनुपर्ने भन्दै न्यायाधीशहरुले राणाले तोकेको पेशी र इजलास बहिस्कार गर्दै आएका छन् । दुई दिन न्यायाधीशहरुले इजलास बहिस्कार गरे भने बिहीबार सर्वोच्चका पूर्व न्यायाधीशको निधनमा सबै इजलासहरु स्थगित गरिए ।

शुक्रबार पनि विद्रोह गरेका न्यायाधीशरुको आपसी बैठक बस्नेछ । उनीहरुले शुक्रबार पनि प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्ने जनाइसकेका छन् । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । राणाले राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको नेपाल बार एसोसिएसनको पनि शुक्रबार बैठक बस्दैछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ०८ बजे

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम

ढोरपाटन– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले

बालेन र रविबारे केपी ओलीको टिप्पणी : स्टन्टबाज र पपुलिस्टहरूले फाइदा लिन थाले

दमक-आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष केपी

झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र

दमक–आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम्

गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का बर्साउने चालक समातिए

काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर