एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा « Khabarhub

एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा मन्त्रिपरिषदमा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका उनीबाहेक सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् । १९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् ।

दशैं विदामा घर गएका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य न्यायाधीशहरुको विद्रोहमा आफ्नो पनि समर्थन रहेको जनाएपछि सर्वोच्चमा अब प्रधानन्यायाधीश राणा एकतिर र अरु सबै १९ जना न्यायाधीश एकातिर भएका छन् ।

राणाले राजीनामा दिनुपर्ने भन्दै न्यायाधीशहरुले राणाले तोकेको पेशी र इजलास बहिस्कार गर्दै आएका छन् । दुई दिन न्यायाधीशहरुले इजलास बहिस्कार गरे भने बिहीबार सर्वोच्चका पूर्व न्यायाधीशको निधनमा सबै इजलासहरु स्थगित गरिए ।

शुक्रबार पनि विद्रोह गरेका न्यायाधीशरुको आपसी बैठक बस्नेछ । उनीहरुले शुक्रबार पनि प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्ने जनाइसकेका छन् । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । राणाले राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको नेपाल बार एसोसिएसनको पनि शुक्रबार बैठक बस्दैछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ०८ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१