ढाडलाई यसरी आराम दिनुहोस् « Khabarhub

ढाडलाई यसरी आराम दिनुहोस्


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई उभिन, अड्याउन ढाडको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । एकै आसनमा लामो समय बस्ने, सुत्ने वा पल्टने गर्दा साथै भारी काम गर्दा ढाडका विभिन्न समस्याहरू आउने गरेको पाइन्छ । आजकल धेरै मानिसमा ढाड दुखाई लगायतको समस्या हुने गरेको छ । यस्तोमा ढाडलाई आराम दिन योग गर्न सकिन्छ । तर कसरी ?

क) सबैभन्दा पहिले योगम्याटमा आरामसँग बस्नुहोस् ।

ख) अब बिस्तारै दुवै खुट्टा खुम्च्याएर म्याटमा आरामसँग पल्टिनुहोस् ।

ग) त्यसपछि दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् ।

घ) अब आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् ।

ङ) यो क्रममा आफ्नो सम्पूर्ण ध्यान श्वासमा लगाउनु पर्दछ ।

च) यो आसनमा १० मिनेट बस्न सकिन्छ । साथै अनुकूल समय अनुसार गर्न सकिन्छ ।

छ) अब सबै अभ्यास सकिएपछि आराम गर्नुहोस् ।

घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । खुट्टा सीधा पारेर गर्दा ढाड दुखाइको समस्या बढ्ने हुन्छ । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : २२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन