ढाडलाई यसरी आराम दिनुहोस् « Khabarhub

ढाडलाई यसरी आराम दिनुहोस्


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई उभिन, अड्याउन ढाडको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । एकै आसनमा लामो समय बस्ने, सुत्ने वा पल्टने गर्दा साथै भारी काम गर्दा ढाडका विभिन्न समस्याहरू आउने गरेको पाइन्छ । आजकल धेरै मानिसमा ढाड दुखाई लगायतको समस्या हुने गरेको छ । यस्तोमा ढाडलाई आराम दिन योग गर्न सकिन्छ । तर कसरी ?

क) सबैभन्दा पहिले योगम्याटमा आरामसँग बस्नुहोस् ।

ख) अब बिस्तारै दुवै खुट्टा खुम्च्याएर म्याटमा आरामसँग पल्टिनुहोस् ।

ग) त्यसपछि दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् ।

घ) अब आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् ।

ङ) यो क्रममा आफ्नो सम्पूर्ण ध्यान श्वासमा लगाउनु पर्दछ ।

च) यो आसनमा १० मिनेट बस्न सकिन्छ । साथै अनुकूल समय अनुसार गर्न सकिन्छ ।

छ) अब सबै अभ्यास सकिएपछि आराम गर्नुहोस् ।

घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । खुट्टा सीधा पारेर गर्दा ढाड दुखाइको समस्या बढ्ने हुन्छ । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : २२ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,