साथीसंग सम्बन्ध नबिग्रने ५ उपाय   « Khabarhub

साथीसंग सम्बन्ध नबिग्रने ५ उपाय  


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल जति छिटो सम्बन्ध जोडिन्छ, त्यो भन्दा छिटो सम्बन्ध तोडिने गर्दछ । अझ साथीहरूबिचको सम्बन्ध जोडिन जति सहज हुन्छ यसलाई टिकाइराख्न उति कै गाह्रो हुन्छ । कहिलेकाहीँ सामान्य कुराले पनि वर्षौँदेखिको सम्बन्धमा दरार ल्याउन सक्छ ।

साथीबिच एक पटक मनमुटाब भए वा सम्बन्ध बिग्रिए फेरी जोडिन वा विश्वास जगाउन निकै समस्या हुन्छ । यस्तोमा आफ्ना साथीसंगकोे सम्बन्ध टिकाइराख्न के गर्ने त ?

क) घमन्ड नगर्ने

आफ्ना साथीसँग कहिल्यै कुनै पनि कुरा तुलना वा घमन्ड देखाउने गर्नु हुँदैन । कतिपयले आफ्नो तलब, घरपरिवार, गाडी, सम्पत्ति वा अन्य कुराको घमन्ड गर्दछन् । घमण्डले आफ्नो नजिकका साथी बिस्तारै टाढिँदै जान सक्छन् । सकेसम्म नम्र बोल्ने, सबै कुरामा समानताको कुरा गर्ने र हरेक समस्यामा समाधानको सुझाव दिएमा सम्बन्ध प्रगाढ बन्दछ ।

ख) बेवास्ता नगर्ने

कहिलेकाहीँ जानअन्जानमा आफ्नो साथीको महत्त्वपूर्ण काम वा कुरालाई ध्यान दिन सकिँदैन । आफू व्यस्त भएका बेलामा बेवास्ता गर्दा साथीहरूबिचको सम्बन्ध बिग्रँदै जान्छ । यस्तोमा समयमा नै हरेक कुरालाई सुन्ने र बुझिदिने गर्नु पर्दछ । नभए आफ्नो काम सकिएपछि उनीहरूको कुरा सुन्नु पर्दछ । अन्यथा आफ्नो काम महत्त्वपूर्ण भए त्यसबारे बुझाउनु पर्दछ ।

ग) पारदर्शी कारोबार

साथीभाइबिच हुने धनको लेनदेन पनि साथीबिच मनमुटाबको प्रमुख कारण हो । धनको लेनदेनले धेरैको सम्बन्धमा दरार उत्पन्न गराएको पाइन्छ । त्यसैले गहिरो सम्बन्धमा सकेसम्म धनको लेनदेन नगर्ने गर्नु परे पारदर्शी हुन सके सम्बन्ध टिकिराख्न सक्छ ।

घ) हरेक कुरामा आशा नगर्ने

कतिपयको साथीसँग जे कुरामा पनि सहयोगको अपेक्षा गर्ने बानी हुन्छ । तर साथी हो भन्दैमा हरेक कुरामा उसले सहयोग गर्न सम्भव नहुन सक्छ । यस्तोमा आफ्ना स–साना काम सकेसम्म आफैँ गर्ने बानीको विकास गरे सम्बन्ध बिग्रदैन ।

ङ) विश्वास गर्ने

हरेक व्यक्तिको सम्बन्ध टिक्न एकअर्काप्रतीको विश्वास महत्त्वपूर्ण हुन्छ । तसर्थ कहिल्यै आफ्नो साथीप्रतिको विश्वासमा तुषारापात गर्नु हुँदैन । अन्यथा सामान्य गल्तीले पनि सम्बन्धमा खटपट हुन सक्छ । त्यसैले साथीप्रति अनावश्यक शंका नगर्नहोस् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५४ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी