आत्मानन्द कपमा आज झापा र इलाम भिड्ने, माङसेबुङको विजयी सुरुवात « Khabarhub

आत्मानन्द कपमा आज झापा र इलाम भिड्ने, माङसेबुङको विजयी सुरुवात


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलामबीच प्रतिष्पर्धा हुने भएको छ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ।

माङसेबुङ गाउँपालिका-५ मा आत्मानन्द खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुवात गरेको छ। उसले धरानको गोधुली फुटबल क्लबलाई ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुवात गरेको हो।

प्रतियोगिताको उद्घाटन प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए। प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ।

विजेता टिमले नगद ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १६८ रुपैयाँ हित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ४५ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर