विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे युवक « Khabarhub

विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे युवक


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ को विमानको ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए ।

२६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् ।

निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । एजेन्सी

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : ५० बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन