एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, ओली छलफलमै (भिडियो) « Khabarhub

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, ओली छलफलमै (भिडियो)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनको आइतबार तेस्रो दिन बन्दसत्र नै सुरु हुन सकेको छैन । यसअघि आइतबारसम्म महाधिवेशन चल्ने बताइए पनि कार्य समिति चयनको विषयलाई लिएर भएको अन्योलताका कारण महाधिवेशन पनि लम्बिने देखिएको छ ।

शनिबार बन्दसत्रले पादाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि महाधिवेशनमा विवाद भएको छ । बन्दसत्रले ओलीलाई सर्वाधिकार दिए पनि आइतबार यतिबेलासम्म ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली तयार पार्न नसकेपछि बन्दसत्र सुरु हुन नसकेको हो ।

तर, ओली आइतबार बिहानैबाट नेताहरुसँग छलफलमा व्यस्थ छन् । ओली समूहमै पदाधिकारीमा सहमति हुन नसकेपछि थप सकस भएको छ । उता अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले पर्चा बाँडिरहेका छन् ।

ओलीले १० बुँदे गरेका, माओवादीबाट आएका र आफू निकटका नेताहरुलाई मिलाउनुपर्ने बाध्यता छ । सर्वसम्मत गर्ने भनिए पनि ओली समूहमै वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिबमा शंकर पोखरेल र विष्णु पौडेलले दाबी नछाडेपछि ओलीलाई सकस भएको छ ।

उता निर्वाचन आयोगले अध्यक्ष मण्डलबाट निर्देशन नपाएको भन्दै चुनावी कार्यक्रमसमेत सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ३९ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार