एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, ओली छलफलमै (भिडियो) « Khabarhub

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, ओली छलफलमै (भिडियो)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनको आइतबार तेस्रो दिन बन्दसत्र नै सुरु हुन सकेको छैन । यसअघि आइतबारसम्म महाधिवेशन चल्ने बताइए पनि कार्य समिति चयनको विषयलाई लिएर भएको अन्योलताका कारण महाधिवेशन पनि लम्बिने देखिएको छ ।

शनिबार बन्दसत्रले पादाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि महाधिवेशनमा विवाद भएको छ । बन्दसत्रले ओलीलाई सर्वाधिकार दिए पनि आइतबार यतिबेलासम्म ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली तयार पार्न नसकेपछि बन्दसत्र सुरु हुन नसकेको हो ।

तर, ओली आइतबार बिहानैबाट नेताहरुसँग छलफलमा व्यस्थ छन् । ओली समूहमै पदाधिकारीमा सहमति हुन नसकेपछि थप सकस भएको छ । उता अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले पर्चा बाँडिरहेका छन् ।

ओलीले १० बुँदे गरेका, माओवादीबाट आएका र आफू निकटका नेताहरुलाई मिलाउनुपर्ने बाध्यता छ । सर्वसम्मत गर्ने भनिए पनि ओली समूहमै वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिबमा शंकर पोखरेल र विष्णु पौडेलले दाबी नछाडेपछि ओलीलाई सकस भएको छ ।

उता निर्वाचन आयोगले अध्यक्ष मण्डलबाट निर्देशन नपाएको भन्दै चुनावी कार्यक्रमसमेत सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ३९ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे