विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल « Khabarhub

विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विश्वकप यात्रा रोकिएको छ । आफूले खेलेका ५ मध्ये ३ खेलमात्र जितेको नेपाल ग्लोबल छनोटका लागि अगाडि बढ्न सकेन ।

एसियाली छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपाल आयोजक यूएईसँग ४८ रनले पराजित भयो । शतप्रतिशत नतिजासहित आयोजक यूएई समूह विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । उसको १० अंक छ । तीन खेलमा जित निकालेको नेपालको ६ अंक छ ।

दुबईमा यूएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभर सकिन २ बल बाँकी छँदै ७९ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि ईन्दु बर्मा १५ र सीता राना मगरले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सरिता मगर र काजोल श्रेष्ठले समान ८–८ तथा कविता कुँवर र अप्सरी बेगम समान ४–४, क्याप्टेन रुविना क्षेत्री, करुणा भण्डारी र सवनम राई समान २–२ तथा कविता जोशी एक रनमा आउट भए । संगीता राई ३ रनमा नटआउट रहिन् ।

नेपाललाई सस्तैमा समेट्न समिरा धर्नीधार्काले ४ तथा खुशी शर्मा र चामनी सेनेभिरन्ताले २–२ विकेट झारिन् ।

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

पहिलो ओभरको अन्तिम बलमा नेपाल विकेट लिन सफल भए पनि चामनी सेनेभिरन्ताले ५२ र थिर्था सतिसले ४७ रन बनाएपछि यूएई सम्मानजनक योगफल बनाउन सफल भयो ।

कविता कुँवरले २ तथा सवनम राई, सीता राना मगर र संगीता राईले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ४५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका