शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

शेयर बजारमा पहिरो, दोहोरो अंकले घट्यो नेप्से


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार खुल्नासाथ ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदासम्म लगातार घट्यो । कारोबार भएका सबै १३ उपसमूहले गुमाउँदा बजार राताम्मे बन्यो ।

आइतबार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ५०१.४५ को बिन्दुमा पुगेको छ ।

आइतबार २३४ कम्पनीका १,१९,०३,२०२ कित्ता शेयर किनबेच हुँदा ५,८३,५१,३५,०५५ रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दा शेयर कर्जामा निर्धारण गरिएको सीमा परिवर्तन नगरेपछि आइतबार शेयर बजारमा त्यसको नकरात्मक असर परेको हो ।

यसअघि कर्जासम्बन्धी सो सीमा समीक्षामार्फत परिवर्तन गर्ने हुने आशामा लगानीकर्ताहरु थिए । तर, राष्ट्र बैंकले ४ करोडभन्दा धेरै ऋण लिन नपाइने सीमा परिवर्तन गरेन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार