बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए । उनले सत्ता गठबन्धनमा पनि यो विषयमा छलफल गरिने बताए ।

बारले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यण गणेश तिम्सिनालाई ज्ञापनपत्र बुझाइसकेको छ । बारले आइतबार चौथो चरणको आन्दोलन सकेको छ । सोमबारदेखि पाँचौ चरणको आन्दोलन गर्ने तयारीमा छ ।

आइतबार पनि बारले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको थियो । सो धर्नामा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान्यायाधीश राणाले पदीय हैसियत गुमाइसकेको टिप्पणी गरेका थिए । राणाबाहेकको बसेको फुलकोर्ट बैठकले गोलाप्रथा लागू गर्ने निर्णय गरेर प्रधान्यायाधीशको अधिकार कटौती गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले गरे श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता

नयाँदिल्ली– श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो

काठमाडौं- नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि

नयाँ दलका नाममा राजनीतिमा निराशा र कुण्ठा बढ्यो : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एकखालको निराशा

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक