सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिष्कार गर्ने भीम रावलको चेतावनी « Khabarhub

सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिष्कार गर्ने भीम रावलको चेतावनी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन् ।

उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन् । उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ४८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर