१९ पदाधिकारी र केन्द्रीय सदस्यको सूचीसहित हलभित्र छिरे ओली, शुरू भयो बैठक « Khabarhub

१९ पदाधिकारी र केन्द्रीय सदस्यको सूचीसहित हलभित्र छिरे ओली, शुरू भयो बैठक


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौराहा-  नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्रअघि अध्यक्षमण्डलको बैठक शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलमा केन्द्रीय कमिटी सदस्यको सूची लिएर पुगेका हुन् ।ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् ।त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा छन् ।

तर अध्यक्षको उम्मेदवारी दिएका भीम रावलले सहमति नगर्ने निर्वाचन नै लड्ने भनेपछि सर्वसम्मतीको प्रयासमा धक्का लागेको छ ।

ओलीका समर्थकहरूले भने सर्वसम्मतीमा नेतृत्व चयन हुनुपर्ने मागसहित नाराबाजी गरिरहेका छन् ।

 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४८ बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक