डण्डिफोरबाट कसरी छुटकारा पाउने  « Khabarhub

डण्डिफोरबाट कसरी छुटकारा पाउने 


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छालामा उत्पन्न हुने समस्या मध्ये धेरैलाई सताउने समस्या हो, डन्डिफोर । डन्डिफोरले अनुहारको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । जसका कारण मानिसहरू डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन् । डन्डिफोरबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ डन्डिफोर आउने गर्दछ ।

डण्डिफोरबाट छुटकारा कसरी ?

क) डन्डिफोरको समस्या हुने व्यक्तिले दिनमा तीन पटक अनुहार राम्रोसँग सफा गर्नु पर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।

ख) डण्डिफोरको समस्याबाट बच्न आफ्नो छाला अनुकूलको फेसवास प्रयोग गर्नु पर्दछ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको प्रयोग गर्नु लाभदायक हुन्छ ।

ग) नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाउने काम गर्दछ । तर अनुहार सफा गर्ने नाममा बारम्बार सफा गर्ने वा अनुहारको छाला घोट्ने काम गर्नु हुँदैन । अन्यथा अनुहार फुस्रो हुनुका साथै अनुहारमा रातो डाबर आउने गर्दछ ।

घ) डण्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउन महत्त्वपूर्ण हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ ।

ङ) यदि डन्डिफोर आएको छ भने त्यसलाई घरीघरी हातले छुनुहुँदैन । हात फोहोर भएको खण्डमा संक्रमण बढाउने सम्भावना धेरै हुन्छ ।

च) डन्डिफोर आउने व्यक्तिले चिल्लो पिरो, अमिलो खाने कुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

छ) डन्डिफोर अस्वभाविक रुपमा बढे छाला विशेषज्ञलाई देखाई उपचार थाल्नु पर्दछ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका