डण्डिफोरबाट कसरी छुटकारा पाउने  | Khabarhub Khabarhub

डण्डिफोरबाट कसरी छुटकारा पाउने 


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छालामा उत्पन्न हुने समस्या मध्ये धेरैलाई सताउने समस्या हो, डन्डिफोर । डन्डिफोरले अनुहारको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । जसका कारण मानिसहरू डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन् । डन्डिफोरबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ डन्डिफोर आउने गर्दछ ।

डण्डिफोरबाट छुटकारा कसरी ?

क) डन्डिफोरको समस्या हुने व्यक्तिले दिनमा तीन पटक अनुहार राम्रोसँग सफा गर्नु पर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।

ख) डण्डिफोरको समस्याबाट बच्न आफ्नो छाला अनुकूलको फेसवास प्रयोग गर्नु पर्दछ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको प्रयोग गर्नु लाभदायक हुन्छ ।

ग) नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाउने काम गर्दछ । तर अनुहार सफा गर्ने नाममा बारम्बार सफा गर्ने वा अनुहारको छाला घोट्ने काम गर्नु हुँदैन । अन्यथा अनुहार फुस्रो हुनुका साथै अनुहारमा रातो डाबर आउने गर्दछ ।

घ) डण्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउन महत्त्वपूर्ण हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ ।

ङ) यदि डन्डिफोर आएको छ भने त्यसलाई घरीघरी हातले छुनुहुँदैन । हात फोहोर भएको खण्डमा संक्रमण बढाउने सम्भावना धेरै हुन्छ ।

च) डन्डिफोर आउने व्यक्तिले चिल्लो पिरो, अमिलो खाने कुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

छ) डन्डिफोर अस्वभाविक रुपमा बढे छाला विशेषज्ञलाई देखाई उपचार थाल्नु पर्दछ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ०६ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।