नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन « Khabarhub

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : २५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए