महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा | Khabarhub Khabarhub

महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।

जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर संघले प्रतियोगिता आयोजना गर्ने मिति भने सार्वजनिक गरेको छैन ।

बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ३० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु